दफा १६
लाभांश घोषणा
(१) ऐनको दफा ४३ बमोजिम बीमकले लाभांश घोषणा गर्नुअघि देहायका विवरण तथा कागजात सहित प्राधिकरणमा निवेदन दिनु पर्नेछ:-

(क) ऐनको दफा ३६, ३, ३९, ४०,०४१ र ४२ को व्यवस्था पूर्ण रूपमा पालना गरेको,

(ख) ऐनको दफा ४३ को उपदफा (१) को अवस्था विद्यमान नरहेको,

(ग) ऐनको दफा १०१. बमोजिम बीमक समस्याग्रस्त घोषणा/नभएको,

(घ) प्राधिकरणले बीमकको व्यवसाय आंशिक वा पूर्ण रूपमा रोक नलगाएको,

(ङ) बीमकको व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण,

(च) बाह्य लेखापरीक्षकको व्यवस्थापन प्रतिवेदन र सो सम्बन्धमा बीमकले पेस गरेको जवाफ ।

(२) उपनियम. (१) बमोजिमको निवेदनको सम्बन्धमा छलफल गर्न ८ आवश्यक परेमा प्राधिकरणले बीमकको सञ्चालक, कार्यकारी: प्रमुख, कर्मचारी, लेखापरीक्षक वा सम्बन्धित कुनै व्यक्ति वा- संस्थालाई बोलाउन सक्नेछ र त्यसरी बोलाएको बखत प्राधिकरणमा उपस्थित हुनु निजको कर्तव्य हुनेछ।

(३) उपनियम (१) बमोजिमको निवेदनका साथ पेस गरेका विवरण तथा कागजात जाँच गरी प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा शर्त सहित लाभांश घोषणा गर्न स्वीकृति दिन सक्नेछ।